कोभिडको दोस्रो लहर : कर्णालीमा संकटको सारथी बन्यो जुम्ला

सुर्खेत : कोभिड- १९ को दोस्रो लहरसँगै कर्णाली आक्रान्त बनेको छ । कोभिड संक्रमणकै कारण कर्णाली प्रदेशभर हालसम्म दुई सय १४ ले ज्यान गुमाए । संक्रमित बिरामीको चाप बढेपछि अस्पताललाई थेग्नै मुश्किल भयो । समयमै उपचारको अभावमा अधिकांशले ज्यान गुमाउन बाध्य भए । दैनिक पाँचदेखि १० जनाको शव प्रदेश अस्पतालबाट निकालिरहेको अवस्था छ । तर, जुम्लामा भने अन्य जिल्लामा जस्तो विकराल अवस्था देखिएन । बरु संक्रमितको चाप थेग्न नसकेका जिल्ला र अस्पतालहरूको सारथी बनेर काम गर्यो । प्रदेशका नजिकका जिल्लाहरूबाट उपचारको लागि रिर्फर भएर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने थालेका छन् ।
दुई साता अघि कालिकोटको कोभिड अस्पतालमा अक्सिजन अभाव भएपछि दुई जना संक्रमितलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको थियो । सोही दिन दिउँसो नै हुम्लाबाट एक जना कोभिड संक्रमितलाई उपचारका लागि जुम्ला नै पठाइयो । बिहीबार साँझदेखि स्वास्थ्यमा थप समस्या आएको थियो । त्यसैगरी एक साता अघि मात्र सुर्खेतका एक संक्रमित जुम्ला पुगेर उपचार गराएका थिए ।
सुर्खेत, कालिकोट र हुम्लाका संक्रमित मात्रै होइन, अब कर्णालीका अधिकांश संक्रमितलाई उपचारका लागि जुम्ला नै रिफर गरेर उपचार गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत निमिक्त निर्देशक राजिव शाहले बताए । उनका अनुसार ३० भन्दा बढी संक्रमित अन्यत्र जिल्लाबाट रिर्फर भएर उपचार गराएका छन् ।
जिल्ला अस्पतालमा अक्सिजन नहुनु, अक्सिजन र जनशक्ति अभावका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन नहुनु र प्रदेश राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालले थप संक्रमित भर्ना लिन सक्ने अवस्था नभएका कारण अब सिंगो कर्णालीका संक्रमितलाई उपचारका लागि जुम्ला नै आशाको केन्द्र बन्यो । यसरी अन्यत्र जिल्लाबाट पनि रिर्फर भएर जुम्ला आउन थालेपछि अक्सिजनको भने अभाव हुन थालेको शाहले बताए । प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर शाहका अनुसार हाल सुर्खेत, नेपालगञ्ज, कैलाली र दाङबाट समेत संक्रमित उपचारका लागि त्यहाँ पुगेको छन् । हाल प्रतिष्ठानमा दुई सय वटा अक्सिजनका सिलिण्डर रहेका छन् ।
जनशक्ति परिचालन मजबुत
कर्णालीका विभिन्न जिल्लासँगै सुर्खेत, नेपालगञ्जलगायत सहरी क्षेत्रका अस्पतालमा संक्रमितको मृत्यु भइरहँदा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भने छिमेकी जिल्लाहरूका भरोसाको केन्द्र बनेको छ । जिल्लाभर हालसम्म तीन सयसम्म संक्रमित रहेका छन् ।
यहाँको सबैभन्दा मजबुत पक्ष भनेकै जनशक्ति परिचालन रहेकाले सम्भव भएको बताउँछन् । प्रतिष्ठानमा ७० जना डाक्टर छन् । ती मध्ये ६ जना नेपालगञ्ज, रुकुममा दुई, कालिकोटमा दुई तथा रुकुममा समेत परिचालन भएका छन् ।
‘हामीले टिम वर्कमा काम गरेका छौँ जनशक्तिको समस्या छैन’ प्रतिष्ठानका निमिक्त निर्देशक शाहले भने, ‘यही जनशक्ति परचालनको कारणले काममा सहज भएको छ ।’ प्रतिष्ठानमा मात्र आठ जना डाक्टर र ६ जना कन्सल्टेन्सीलाई कोभिडकै कामको परिचालन गरिएको उनले बताए ।
त्यसैगरी यहाँका आठवटै पालिकामा डाक्टरहरू पुगेका छन् । उनीहरूले पालिकाका प्रभावित क्षेत्रमा गएर उपचार गर्ने गरेका छन् । ‘त्यसैले प्रतिष्ठानमा संक्रमितको चाप एकदमै कम देखियो र हामीले कोभिडको पहिलो चरणबाट योजना बनाएर काम गरेका थियौँ’ उनले भने, ‘त्यही पहिलो चरणको योजना र टिमलाई परिचालन गरेर अघि बढेका छौँ । उक्त खटिएको टिमले प्रभावित क्षेत्रमा गएर काम गर्छ ।’ अस्पतालले संक्रमितको उपचारका लागि एक सय २० बेड आइसोलेसन, २४ बेड एचडीयु बेड, १२ वटा बेड आइसियु र १३ वटा भेन्टिलेटर छन् । जनशक्तिमा अब्बल भएकै कारण महामारीको समय प्रतिष्ठानले आफूलाई मजबुत बनाउँदै गएको र कर्णालीको संकट टार्ने अवस्थामा पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया