आबुधावीमा सेराटनको कर्नेसमा आइतबार मङगोलीयन हार्ट गुञ्जिदै

काठमाडौँ- मंगोलियन हर्ट ब्याण्डले दुबई र अबुधाबीमा सांगीतिक कार्यक्रम प्रस्तुती गर्ने भएको छ । ब्याण्डका गायक राजु लामाले सेप्टेम्बर ९ मा ( शनिबार) दुबईको याक एण्ड यती क्लब मा र १० तारिख (आइतबार) आबुधावीको पाँच तारे होटल सेराटनको कर्निस क्लबमा ब्याण्डले साङगितिक कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
ड्युड इभेन्ट समुहले आयोजना गर्न लागेको सो कार्यक्रममा लागी गायक राजु लामा सहित मङ्गोलीयन हर्ट ब्यान्ड आउनको प्रस्तुती रहने नाङ्लो रेष्टुरेण्टका सञ्चालक अजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोही दिनको कार्यक्रमका लागि साढे ८ बजेबाट गेट खुला हुनेछ । बिहान साढे ३ बजे सम्म सांगीतिक कार्यक्रम हुनेछ ।
मंगोलियन हार्टको सेराटनमा हुने मुख्य सांगीतिक कार्यक्रमको मुख्य प्रायोजक नाङ्लो रेष्टुरेण्ट उनले बताए । त्यसैगरी, इन्स्टा क्याफे, अन्नपूर्न टिपिङ, बाजे रेष्टुरण्ट र सागर ज्वेलरी रहेका छन् ।
‘अबुधाबीमा रहेका नेपाली कामदारलाई लक्षित गरी मंगोलियन हार्टको सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो,’ श्रेष्ठले भने,’ संगीतका पारखीले मंगोलियन हार्टको ब्याण्डबाट भरपुर मनोरञ्जन लिन सक्छन् । यस क्षेत्रमा बसोबास गरिरेहका सबै जनालाई मनोरञ्जन लिनका लागि पनि आग्रह गर्दछु ।‘
नेपाली सांगीतिक क्षेत्रलाई विदेशमा पनि प्रचार गर्नुपर्छ र नेपाली संगीतको विदेशमा प्रचार गर्नु मुख्य उदेश्य रहेको श्रेष्ठको भनाइ छ ।
सांगीतिक कार्यक्रममा नेपाल ड्युडका तर्फबाट निमा शेर्पा, बिनेक श्रेष्ठ र बिजेन डंगोल रहेका छन् । यस कार्यक्रमका लागि सहयोगीको रुपमा ग्रिनलाइन ट्राभलसमेत रहेको छ ।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

बैतडीको मेलौलीका एक युवक मलेसियामा बेपत्ता
साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो
अष्ट्रेलियामा २४ सयभन्दा बढी नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ

प्रतिक्रिया