मधेश सरकारको प्रशासनिक भवन ५२ विघामा राख्ने तयारी

जनकपुरधाम- मधेश प्रदेशका प्रशासनिक भवन मधेश भवनबाट सारेर जनकपुरधामको शिवपुरस्थित ५२ विघामा राख्ने तयारी अघि बढाइएको मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । जनकपुरधाम- १९ बेंगामा आयोजित कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यसै वडामा रहेको ५२ विघामा मधेश सरकारको सम्पूर्ण प्रशासनिक भवन तथा आवास राख्ने तयारी अघि बढाइएको बताए ।
मिथिला क्षेत्र राजा जनकको राज्य भएको हुनाले यहाँका सरकारको प्रशासनिक भवन पनि काठमाडौँको सिंहदरबार जस्तै जनक दरबारले नामाकरण गरिने बताए ।
मुख्यमन्त्री यादवले सररकारको प्रशासनिक भवन तथा आवासको लागि सो ५२ विघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरणका लागि संघीय सरकारलाई चार महिनाअघि नै पत्र पठाइसकेको जानकारी दिए । जग्गा हस्तान्तरण भएलगतै डिपीआर तयार गरी सम्भवतः यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने बताए ।
हाल प्रदेश सरकारको प्रशासनिक भवन तथा आवास जनकपुर चुरोट कारखाना लिमिटेडको भवनमा रहेको छ । अहिले प्रदेश सरकारको प्रशासनिक क्षेत्रलाई मधेश भवन भनेर नामाकरण गरिएको छ ।
कृष्णाष्टमी मेलाको अवसरमा सहभागी भएका मुख्यमन्त्री यादवले भगवान कृष्ण राधाको दर्शन तथा पूजापाठका साथै प्रतिकात्मक स्वरुपलाई माल्यार्पण गरेका थिए । उनले कृष्णाष्टमी पूजनोत्सवका लागि आयोजित कलश यात्राको शुभारम्भ समेत गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद शेषनारायण यादव र एमालेका नेता सन्तोष यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

प्रतिक्रिया