मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

काठमाडौँ - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरू र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् ।
बुधबार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ बिघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् । उनले यसका लागि प्रक्रिया अगाडि बढाई सकिएको जानकारी दिए । उनले सरकारका सबै मन्त्रालयहरूको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताए । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडि नै पठाई सकिएको उल्लेख गरे । उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडि बढाउने स्पष्ट पारे ।
उनले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने पनि बताए ।

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

प्रतिक्रिया