शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

‘ दैलेखमा बँदेल आतंक बढ्यो सरकारले तथ्य संकलन गरेर किसानलाई उचित क्षतिपूर्ति दिनुपर्छ ’

काठमाडौँ – नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले दैलेख जिल्लामा बँदेल आतंक बढेर किसानले हैरानी खेप्नुपरेको व्यथा सदनमा सुनाएकी छिन् ।  

बिहीबारको प्रतिनिधिसभा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले उक्त गुनासो सुनाएकी हुन् । 

श्रेष्ठले भनिन्, ‘किसानहरूले खेतबारीमा लगाएको मकै, अन्नबाली बँदेलले बारीमै सखाप पारेको छ । दैलेखको दुल्लु नगरपालिका, महाबु गाउँपालिका, भैरी गाउँपालिका जस्ता विभिन्न स्थानका किसानहरूले हैरानी र मर्का खेप्नुपरेको छ । ’

उनले यस विषयमा कृषि समितिको सभापतिलाई समेत अवगत गराएको सदन मार्फत जानकारी गराइन् । 

उनले सरकारले तथ्य संकलन किसानहरूलाई गरेर उचित क्षतिपूर्ति दिलाउनुपर्ने र बँदेल नियन्त्रणमा प्रमुख ध्यान दिनुपर्ने कुराको समेत जिकिर गरिन् ।