सांसद गौतमको प्रश्न : कसैले सिंहदरबार आगो लगाइदिन्छु भनेको छ, देश कता जाँदै छ ?
काठमाडौँ– सांसद संजयकुमार गौतमले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भएको साङ्घातिक आक्रमणलाई लक्षित गर्दै देश कतातिर लाग्दैछ भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
नौ वर्षदेखि यत्तिकै बसेको नन्दप्रसादको शवको अन्त्येष्टी गर्न नपाएको र गंगा मायाले अनसन बसेको वर्षौँ भइसक्दा पनि सरकार मौन बसेको भन्दै बिहीबारको प्रतिनिधिसभाको बैठकमा उनले त्यस्तो प्रश्न गरेका हुन् ।
सांसद गौतमले भने, ‘मुलुकमा धेरै ठूलो अराजकता फैलिएको छ । जसलाई जे बोले पनि हुने, जसले जे गरे पनि हुने । कसैले सिंहदरबारमा आगो लगाइदिन्छु भनेको छ । कसैले जातीय संघीयता ल्याइदिन्छु भनेको छ । लाखौँको जुलुस निकालिदिन्छु भनेको छ । ’
उनले यस्ता गतिविधिले अराजकता निम्त्याउने भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया