पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडाैँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि साङ्घातिक आक्रमण गर्ने माथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए ।
पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो साङ्घातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्य तथ्य विस्तृत रूपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताए ।
प्रमुख सचेतक लेखकले भने, ‘यो आक्रमण हेर्दा खेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्न कै लागि गरिएको प्रहार अत्यन्तै क्रुरतापूर्वक, साङ्घातिक र बर्बर प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ ।'
प्रमुख सचेतक लेखकले भने, 'नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरु पनि मानिसहरूको कहीँ कतै संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस् भन्ने म नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु ।'
प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमा नै संसदलाई जानकारी गराउनुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया