प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया