पोखरा विमानस्थलबाट आज पहिलो पटक व्यवसायिक उडान

पोखरा। आजबाट पोखरामा पहिलो पटक व्यवसायिक उडान सुरु हुनेछ । रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।
दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।
जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।
सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो बिमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्याे बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनवाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।
नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।
विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया