दक्षिण अफ्रिकालाई हराएको अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा

काठमाडौँ- घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध लगातार दुई खेलमा जित निकालेको अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
पाकिस्तान पुरुष टोलीसँग एकदिवसीय वरियताको शीर्ष स्थान गुमाएको अष्ट्रेलिया केही दिनमै पुनः शीर्ष स्थानमा आइपुगेको हो ।
घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले पराजित गरेसँगै शीर्ष स्थान हासिल गरेको हो ।
पाकिस्तानले पहिलो स्थान गुमाएर दोस्रो स्थानमा झरेको छ ।
यसैबीच, अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले भारतीय पूर्व क्रिकेट सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।
वार्नरले दक्षिण अफ्रिकाविरुद्ध ओपनरको रुपमा ४६ औँ शतक प्रहार गरेसँग सचिनको कीर्तिमान तोडेका हुन् ।
सचिनले ओपनरको रुपमा ४५ औँ शतक पूरा गरेका थिए ।
यता एकदिवसीय वरीयतामा नेपाल १५ औँ स्थानमा यथावत छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया