एकद्वार नीति नभएसम्म क्रसर र खानीका समस्या समधान हुनसक्दैन : सभापति चालिसे

काठमाडौँ - अर्थ समिति सभापति सन्तोष चालिसेले एकद्वार नीति नभएसम्म क्रसर र खानीका समस्या समधान नहुने बताएका छन् । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानूनी समस्या समाधान विषय राउण्डटेवल कार्यक्रममा बोल्दै समिति सभापति चालिसेले यस्तो बताएका हुन् । उनले अर्थसमितिले प्रधानमन्त्रीको अमेरिका भ्रमण सकेर आएपछि तत्काल बसेर एकद्वार प्रणालीको नीति बनाउने विषयमा छलफल गरी निचोड निकाल्ने प्रतिवद्धता जनाए ।
सभापति चालिसेले क्रसर तथा खानी क्षेत्रका काम गर्ने सबै व्यवसायी र सरकारी निकायहरूलाई समेट्ने गरी नीति बनाउने बताए । उनले अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्रसर उद्योगमा परेको संकटको समाधान सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताए । उनले नेपालमा २ करोड घनमिटर गिट्टी बालुवा र ढुङ्गा आवश्यकता रहेको भन्दै ३१ करोड घनमिटर नेपालका खोला नालाबाट गिट्टी बालुवा र ढुङ्गा झिक्न सक्ने अवस्था रहेको उल्लेख गरे । उनले गिट्टी बालुवा र ढुङ्गा उत्खनन नगर्दा खोला बस्तीमा पस्ने समस्या आउन थालेको बताए । उनले क्रसर व्यवसायीहरूले सरकारलाई २८ अर्ब हरेक वर्ष राजश्व तिर्ने गरेको भन्दै सरकारले कानुन बनाउन नसक्ने,क्रसर उद्योगी, टिपर उद्योगीलाई बचाउन नसक्ने एक आपसमा दोषारोपण गरेर बस्ने काम भएको उल्लेख गरे । उनले नेपालले उत्खनन गर्न नसक्दा प्रत्येक वर्ष १ अर्बको बालुवा भारतले उत्खनन् गर्ने गरेको बताए ।
उनले भने, ‘क्रसर उद्योग क्षेत्रमा रहेका समस्याहरूको विषयमा प्रधानमन्त्रीको अमेरिका भ्रमण सकेर आएपछि तत्काल बसेर एकद्वार प्रणालीको नीति बनाउने काममा लाग्छौं । क्रसर तथा खानी क्षेत्रका काम गर्ने सबै व्यवसायी र सरकारी निकायहरूलाई समेट्ने गरी नीति बनाउछौं । एकद्वार नीति नभएसम्म क्रसर र खानीका समस्या समाधान हुँदैन । पछिल्लो समय इमान्दारिता हराएको छ । यसमा कानुनी जटिलता मिलाउन बाँकी छ । नेपालमा २ करोड घनमिटर गिट्टी वालुवा र ढुङ्गा आवश्यकता छ । ३१ करोड घनमिटर नेपालका खोला नालाबाट गिट्टी बालुवा र ढुङ्गा झिक्नुपर्ने अवस्थामा छ । गिट्टी बालुवा र ढुङ्गा उत्खनन् गरे खोला बस्ती बस्ने समस्या छ । क्रसर व्यवसायीहरूले सरकारलाई २८ अर्ब हरेक वर्ष राजश्व तिरिराख्नु भएको छ । सरकारले कानुन बनाउन नसक्ने,क्रसर उद्योगी,टिप्पर उद्योगीलाई बचाउन नसक्ने एक आपसमा दोषारोपणगरेर बस्ने काम भएको छ । यता प्रत्येक वर्ष १ अर्बको बालुवा भारत निकासी भएर आरामले भारतले उत्खनन् गर्नैपर्छ । क्रसर व्यवसायीहरूलाई अन्याय भएको छ । मुलुक अर्थतन्त्रको हिसाबले धर्मराएर हिँड्नुपरेको छ । राज्यले उठाउनु पर्ने कर उठाउन नसकेको समस्या भएको छ । मुलुकको अर्थतन्त्रमा राजश्वको माध्यमबाट योगदान गर्ने निजी क्षेत्रलाई यो हालतमा छाड्ने काम भएको छ । अहिले अर्थतन्त्रको चार खम्बा मध्ये एउटा खम्बा सहकारी क्षेत्र समस्यामा रहेको छ ।’
उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै राज्यले उठाउनुपर्ने कर समेत उठाउन नसकेको बताए । उनले अहिले अर्थतन्त्रको चार खम्बा मध्ये एउटा खम्बा सहकारी क्षेत्र समस्यामा रहेको भन्दै नियमन निकायसमेत नभइ सञ्चालनमा आएको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया