एसिया कपः भारत र बंगलादेश भिड्दै

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सुपर फोरको अन्तिम खेल आज हुँदैछ ।
सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दैछन् । भारत र बंगलादेशबीचको खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
सुपर फोरअन्तर्गत पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगिसकेको भारतका लागि बंगलादेशविरुद्धको खेल केवल क्षमता परिक्षणका लागि मात्र हुने देखिन्छ ।
यता सुपर फोरका अघिल्ला दुवै खेलमा पराजय भोगिसकेको बंगलादेश भने प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।
प्रतियोगिताको फाइनलमा भने आइतबार भारत र श्रीलंका भिड्ने निश्चित भइसकेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया