प्रतिनिधिसभा सदस्य पद एक रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।
सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराए । सभामुख घिमिरले भने, “विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु ।” पूर्वसभामुखसमेत रहेका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको थियो ।
आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकलाई लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख घिमिरले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।
बैठकमा सभामुख घिमिरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट आएको पत्रका बारेमा सदनलाई जानकारी गराएका थिए । । पत्रमा सहरी विकासमन्त्रीको सीता गुरुङ नेदरल्यान्डमा आयोजना हुन लागेको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा यही भदौ २४ गते प्रस्थान गरेको हुनाले उक्त मन्त्रालयको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजालले सम्हाल्ने उल्लेख छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १४ गते आइतबार १ बजे बस्नेछ ।
रासस

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया