एनआरएनए अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानको उम्मेदवारी दिने

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन् । उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन् ।
यस अघि गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा उम्मेदवारी दिने चाहना राखेकी प्रधानले महाधिवेसन प्रतिनिधिहरुको सुझाव र संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिने निचोडमा पुगेको बताइन् ।
सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन् । प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन् । सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन् ।
उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन् ।
गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोबर तेस्रो साता अनलाइन (हाइब्रिड)मार्फत हुँदैछ । संघको नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ, डा. हेमराज शर्मा, रविना थापा, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया