दुई समूहबीच ग्याङ फाइट : एकको मृत्यु

बुटवल- रुपन्देहीको तिलोत्तमामा छुरा प्रहार गरेर एक युवाको हत्या भएको छ । घटनामा ३ जना घाइते भएका छन् । सोमबार साँझ दुई समूहबीच ग्याङ फाइट भएको हो । तिलोत्तमा–९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश सेन्तानको मृत्यु भएको हो ।
यसैगरी घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ का विकास वाईवा, मकवानपुर गढी गाउँपालिका–६ का राजु तामाङ र मकवानपुरकै हस्ता सिंह रहेका छन् । घाइतेहरूलाई थप उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको बुटवल प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया