कोभिड-१९ संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौँ : नेपालमा बिहीबार थप ६ हजार ९३९ जनामा कोभिड-१९ संक्रमणा पुष्टि भएको छ । देशभर गरिएको २० हजार ४१४ पिसिआर परीक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परीक्षणका क्रममा २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पाँच लाख ४२ हजार २ सय ५६ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप १०६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार ९ सय ५१ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप सात हजार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित आइसोलेसन र एक हजार ९ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

प्रतिक्रिया