नेपालका पूर्व प्रशिक्षक स्टेफेन बने पाकिस्तानी फुटबल टिमको मुख्य प्रशिक्षक

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक स्टेफेन कन्स्टानटाइन पाकिस्तान राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
सन् २०२६ को फिफा विश्वकपका लागि छनोट सुरु हुनुअघि पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले शनिबार स्टेफेनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
पीएफएफले जनाएअनुसार विश्वकप छनोटअन्तर्गत कम्बोडियाविरुद्ध जित दिलाउन उदेश्यसहित स्टेफेनलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
इंग्लिस प्रिमियर लिग क्लब बर्नमाउथको समेत प्रशिक्षक रहिसकेका स्टेफेन दक्षिण एसियाली मुलुकका लागि चर्चित प्रशिक्षक हुन् ।
उनी सन् १९९९ देखि २००१ सम्म नेपालको मुख्य प्रशिक्षकका रुपमा रहेका थिए ।
उनले दुई पटक भारतको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनकै प्रशिक्षणमा भारत फिफा वरीयतामा १ सय ७६ बाट ९६ औँ स्थानसम्म आइपुगेको थियो ।
विश्वकप छनोटअन्तर्गत पाकिस्तानले कम्बोडियाविरुद्ध अक्टोबर १२ र १७ तारिखमा खेल्ने तालिका रहेको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया