स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकाे उपकरण खरिद प्रक्रियामा राेक

कैलाली । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले अगाडि बढाएको स्वास्थ्य उपकरण खरिद प्रक्रिया रोकिने भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै तत्काल उक्त प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
आइतबार बसेको समितिको बैठकले खरिद प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको समितिका सदस्य ओमविक्रम भाटले जानकारी दिए ।
उनले मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएर राज्यलाई घाटा पुर्याउन खोजेको भन्ने उजुरी परेपछि खरिद प्रक्रिया तत्काल रोक्न लगाउने निर्णय गरेका बताए ।
आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. नीरज अर्याल समेतलाई समितिको बैठकमा बोलाएर खरिद प्रक्रियाबारे छलफल गर्ने तयारी गरेको छ । आपूर्ति व्यवस्थापन केन्द्र भदौ १८ र १९ गते छुट्टाछुट्टै सूचना प्रकाशित गरी उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो ।
उपकरण खरिदमा राखिएका विशेषता र मापदण्ड कुनै एक कम्पनीका लागि भएको हुन सक्ने र त्यसबाट करोडौँ अनियमितता हुन सक्ने भन्दै समितिले चासो व्यक्त गरेको हो ।
आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. अर्यालले यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले कार्यालयले सबै कानुनी प्रक्रिया पुर्याएर टेण्डर आव्हान गरेको बताउदै कुनै बिषय नमिलेको भए मन्त्रालयलाई जानकारी हुने भन्दै आफुलाई भने कुनै जानकारी नभएको बताए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया