म्यानचेस्टरको लगातार दोस्रो जित

काठमाडौं- म्यानचेष्टर सिटिले लगातार दोस्रो जित निकालेको छ । युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको हो ।
बुधबार राति भएको खेलमा आरबी लिपजिकलाई ३–१ गोलले पराजित गरेर उसले दोस्रो पटक पनि जित हासिल गरेको हो । सिटिलाई जित दिलाउनका लागि फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोलको योगदान गरेका छन् ।
पहिलो हाफमादेखि नै तीब्र प्रतिस्पर्धात्मक देखिएको खेलको २५ औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटिलाई सुरूवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोलले मात्र अग्रता कायम गरेको सिटीलाइ खेलको ४८ औं मिनेटमा ओपेन्डाले गोल गरे पछि बराबरीमा टुंग्याइएको थियो । खेलको अन्तिम समयतिर पुगे पछि जुलियन अल्भारेजले खेलको ८४ औं मिनेटमा दोस्रो गोल गरे पछि खेलले २–१को अग्रता लिन सफल भयो ।
सिटी यतिमा रोकिने छाटकाटमा थिएन र त अतिरिक्त समयको डोकुले थप गोल गरे पछि खेल ३–१ मा टुंगिन पुग्यो ।
यो जितसँगै सिटी दुई खेलबाट ६ अंकका साथ समुहको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट तीन अंक बनाएको लिपजिक भने दोस्रो स्थानमा रहन पुगेको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया