पीएसजीको लज्जास्पद हार

काठमाडौं- पीएसजी भारी अन्तरले पराजित भएको छ ।
युइएफए च्याम्पियन्स लिगको खेलमा पीएसजी भारी गोल अन्तरले पराजित भएको हो । बुधबार राति भएको खेलमा पीएसजी न्यु क्यासलसँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
न्यु क्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा मिगुयल रेजाला, ड्यानीएल जोनशन बर्न सिन डेविड लंगस्टाफ , फावियन लुकास स्चारले एक–एक गोल गरेका थिए भने पीएसजीका लागि लुकास हर्नान्डेजले एक गोल फर्काउन सफल भएका थिए । पहिलो हाफमा नै न्यु क्यासद २ गोलसहित अग्रता लिन सफल भएको थियो ।
जसअनुसार खेलको १७ औं मिनेटमा न्यु क्यासलका लागि म्यानुयल रजोलाले गनेलले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए भने सो खेलको ३७ औं मिनेट न्युक्यासलकै बर्नले थप गोल गरे पछि पहिलो हाफमा नै अग्रतालाई दोब्बर बनाउन सफल देखिएको थियो ।
दोस्रो हाफको सुरूवाती अर्थात खेलको ५० औं मिनेटमा लंगस्टाफले गोल गरे पछि न्युक्यासलको अग्रता ३-० मा पुग्यो, त्यसपछि पीएसजीका लागि लुकासले एक गोल फर्काउँदै गोल अन्तर ३-१ को सिमित पारिदिए तर घरेलु मैदानमा न्युक्यासलले जादु छर्न बाँकी नै थियो र त अतिरिक्त समय थप गोल गर्दै पीएसजीलाई ४-१ फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।
जितसँग न्युक्यासलले ४ अंक जोडन सफल भएको छ भने पीएसजीको तीन अंकमा सिमित हुन पुगेको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया