सरोकारवालाहरूको मागलाई सम्बोधन हुने गरी शिक्षा विधेयक अघि बढाउनुपर्छ : लेखक

काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संविधानसम्मत ढंगले सरोकारवालाहरूको मागलाई सम्बोधन हुने गरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताएका हुन् ।
लेखकले सो विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे । सरकारले सरोकारवालाहरूसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतिकै आधारमा अघि बढाउन उपयुक्त हुने उनको तर्क थियो ।
‘सरकारले यो विधेयकलाई पर्याप्त रूपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरूको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंग्याएको छ । विधेयक प्रस्तुत भएको छ । त्यसो भएको हुनाले यो विधेयकको आवश्यकता पनि धेरै ज्यादा भएको हुनाले सरोकारवाला सबैको विचारलाई समेटेर र आम नागरिकका पनि धारणाहरू बुझेर सदनले नै यसलाई अगाडि बढाउन सक्ने भएकाले यो सदनबाटै अगाडि बढाएर चाँडो यसलाई किनारामा पुर्याउन उचित हुन्छ भन्ने मलाई लाग्छ । अर्को कुरा भनेको विभिन्न कोणबाट यो विधेयकबारे प्रश्नहरू उठेका छन्,’ उनले भने ।
उनले अगाडि भने, ‘यो विधेयक संविधानको भावनाअनुरुप बन्नुपर्छ भन्ने कुरा पनि उठेको छ । र, यो विधेयकमा सरोकारवालाहरूको धेरै चिन्ता, चासो उठेका छन् । यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरूको सबै चिन्ता र चासोलाई समेटेर सहमतिका साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्छ । ’
लेखकले सो विधेयक पारित गराउन पनि ढिलाइ गर्न नहुने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया