राजावादीहरूले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति लिङ्देनकाे आपत्ति

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले राजावादीहरूले धार्मिक सद्भाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केही सांसदहरूले राखेको भन्दै आपत्ति जनाएका हुन् । उनले कुन लोकतन्त्र विरोधी गतिविधिमा राजावादी संलग्न भएको हो भन्ने प्रष्ट पार्न आग्रह गरे ।
लिङ्देनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटार जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो भन्दै प्रश्न समेत गरे ।
सम्बोधनका क्रममा लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाए । उनले नेपालको संविधानले राजा नचिन्ने भन्दै राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे ।
यसअघि बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गरेका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया