मन्त्री बस्नेत भन्छन् : कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कोही वञ्चित हुनु पर्दैन

मकवानपुर- संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कोहीमा वञ्चित हुनु नपर्ने बताएका छन् ।
शनिबार हेटौंडामा पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दाबी गरे । 'वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने रणनीति लिएको छ,' उनले भने ।
मन्त्री बस्नेतले देशैभरका अस्पतालहरूमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताए ।
'हामीले सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई जनताको स्वास्थ्य उपचारका लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ,’ उनले भने, 'चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको छ ।'
स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उनले बताए ।
मन्त्री बस्नेतले चिकित्सकमाथि पटक-पटक आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरू माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उनको भनाइ छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया