शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

इजरायलमा अलपत्र परेका नेपालीको तुरुन्त उद्धार गर्न सांसद सिंहको माग

काठमाडौँ–नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह केसीले इजरायलको आक्रमणमा परि अलपत्र परेका नेपालीको तुरुन्त उद्धार गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले सरकारसँग यस्तो माग गरेका हुन्  ।

‘इजरायलमा सिक्दै कमाउमा गएका नेपालीको आक्रमणमा परि निधन भएको छ,’ उनले भने, ‘१० जना मृतकको शवलाई तुरुन्त काठमाडौँ ल्याउने काम होस् । धेरै जना नेपाल फर्किन अनुरोध गरिरहेका छन् । इजरायलमा रहेका नेपालीको यकिन गरि घाइते भएका स्वास्थ्य उपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्काल युद्ध स्तरमा काम गरोस् ।’

उनले त्यहाँको पछिल्लो अवस्था र विस्थापित नेपालीको संख्याबारे संसद्मा जानकारी गराउन पनि सरकारलाई अनुरोध गरे । उनले भने, ‘वास्तवमा पछिल्लो घटना कुन किसिमले विकसित भइरहेको छ र कति नेपाली विस्थापित भएका छन् ? सरकारले यसबारे संसद्मा प्रस्तुत गरोस् ।’