तिलोत्तमाका सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन सुरु गरेको छ । नगरपालिकाले नगरपालिका प्रवेशद्वार रहेको शंखपुर चोकदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीका लागि सोमबारदेखि निःशुल्क अटो सञ्चालनमा ल्याएको हो ।
तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटरभित्र भएकाले सेवाग्राही नगरपालिकामा सेवा लिन आउँदा साधन खोजेर वा रिक्सामा पैसा तिरेर आउनुपर्ने बाध्यता हटाउन अटो रिक्सा सञ्चालन गरिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए ।
उक्त रुटमा महिला चालकले रिक्सा चलाई सेवाग्राहीलाई पालिकासम्म पुर्याउनेछिन् । महिला पनि अवसर पाए जुनसुकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको उनले बताए । तत्कालका लागि एउटा मात्रै अटो सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार अटोको संख्या बढाउँदै लगिने नगर उनले बताए ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया