संघीयताप्रतिको जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताप्रतिको जनताको निराशा हटाउने गरि सरकारले काम गर्नु पर्ने बताएका छन् । उनले तीनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरी जनताप्रतिको विश्वास बढाउनु पर्ने र संघीयताप्रति बढेको निराशा कम गराई संघीयता र संविधानप्रतिको विश्वास बढाउनु पर्ने बताए ।
'अधिकार सबैले प्रयोग गरौँ, जनताको विश्वास हराउन दिनु हुँदैन,' उनले भने, 'संघीयतामा विकास, नेतृत्वमा प्रतिस्पर्धा गरौँ र जनताको पहुँच बढाउ । तर, आलोचना र चुनौतीमा मात्रै अलमल नगरौँ ।'
बिहीबार लुम्बिनीमा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापनसम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् ।
उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेको भन्दै यसको औचित्य पुष्टि गर्नु पर्ने बताए । मुख्यमन्त्रीले संघीयता फेल भयो भने संविधान पनि फेल हुने हुँदा यो चुनौती सबै मिलेर सामना गर्नु पर्ने भनाइ राखे ।
योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नु बताए । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु यादवले केन्द्रले संघीयताप्रति राख्ने दृष्टिकोण फरक रहेको बताए ।
कार्यक्रममा नीति निर्माण गर्दा र योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष डा नहकुल केसीले बताए । लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले संघीयताको मर्म सहकार्य, समन्वय र सह अस्तित्व कायम गर्ने रहेको बताइन् ।
कार्यक्रममा सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया