सचिव पौडेलेको निधनले एमाले मधेश प्रदेशको अधिवेशन स्थगित

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन जनकपुरधाममा चलिरहेकै क्रममा पार्टीका मधेश प्रदेश सचिव डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगर प्रमुख समेत रहेका डा. पौडेल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित आफ्नै घरमा मृत फेला परेको जनाइएको छ । उनको निधनले गर्दा जारी रहेको मधेश प्रदेश अधिवेशन समेत भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा मार्फत सचिव पौडेलको मृत्यु भएको बारे पुष्टि गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा जीतपुर सिमरा उपमहानगरालिकाका निवर्तमान प्रमुख एवं हाम्रो पार्टीका मधेश प्रदेश कमिटीका सविच डा. कृष्णप्रसाद पौडेलको निधनको खबरले अत्यन्त दुःख लागेको छ । दिवगंत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु लेखेका छन् ।
उनको मृत्यु के कति कारणले भएको हो भन्ने बारे यो समाचार लेख्दासम्म विस्तृत विवरण आउन सकेको छैन भने घटनास्थलमा प्रहरी पुगेको बताइएको छ । पौडेल नेकपा एमालेको टिकटबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितपुर सिमरा उपमहानगरपालिकाको नगरप्रमुख निर्वाचित भएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया