कांग्रेस रूपन्देही २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित

बुटवल- नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन पक्षका प्रजापाल गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्षेत्रीय सभापति र सहसचिवको निर्वाचनमा गिरी ३४६ मतका साथ विजयी भएका हुन् । यसअघि यो क्षेत्रमा संस्थापन इतरले जित्दै आएको थियो ।
गिरीका प्रतिष्पर्धी संस्थापन इतरका पर्शुराम ढकालले २४५ मत पाए । सहसचिवमा भने संस्थापन इतरकी संगिता गौतम अर्याल २९७ मतका साथ विजयी भइन् भने संस्थापनका विष्णु चापागाईले २८९ मत पाएर पराजित भए । ६ सय ७४ जना मतदाता रहेकोमा ६१३ जनाले मतदान गरेका प्रमुख निर्वाचन आयुक्त रविकुमार रायमाझीले बताए ।
यसअघिका सभापति हरि लम्सालले बुटवल उपमहानगरपालिकाको स्थानीय चुनावमा नगर सभापति खेलराज पाण्डेले आफ्नै नाम उम्मेदवार सिफारिस गरेको प्रति असहमति जनाउँदै पार्टी परित्याग गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया