'दूधसम्बन्धी संस्थाहरूले एक महिनाभन्दा बढी बाँकी नरहने गरी किसानलाई भुक्तानी गर्नुपर्छ'

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरूलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिनाभित्र किसानहरूलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् । उनले दूधसँग सम्बन्धित संस्थाहरूको समस्या समाधानका लागि मन्त्रालयले उनीहरूको स्टक रहेको दूधलगायतका उत्पादनहरूलाई धितो राखि सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए ।
दूधसम्बन्धी संस्थाहरूको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरूको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाइ थियो ।
मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहोर्याए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया