सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

फिफा विश्वकप छनोटः अर्जेन्टिनाले जित्दा ब्राजिल पराजित

काठमाडौँ- फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनाले लगातार चौँथोँ जित हात पारेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले दुवै गोल गरे ।

विश्वकप छनोटअन्तर्गत नै अर्को खेलमा उरुग्वेले ब्राजिललाई २-० पाखा लगायो । ब्राजिलविरुद्ध उरुग्वेलाई जित दिलाउन डार्विन नुनेज र निकोलास डी ला क्रुजले एक-एक गोल गरे ।