प्रस्तावित विधेयकमा शिक्षकलाई पनि मर्यादाक्रममा समेटियो

काठमाडौँ– विद्यालयका शिक्षकलाई पनि राष्ट्रिय मर्यादामा समेटेर मर्यादासम्बन्धी कानुन निर्माण गरिने भएको छ । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ ।
विधेयकमा माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ । माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।
यस्तै माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक २२ औँ स्थानमा राखिएको छ । मर्यादाक्रमको पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष र पाँचौF स्थानमा प्रधानन्यायधीश रहने विधेयकमा उल्लेख छ ।
विधायन व्यवस्थापन समितिबाट पारित विधेयक भोलि राष्ट्रिय सभामा पेस हुँदैछ । उक्त विधेयकलाई राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्छ । प्रतिनिधि सभाले पारित गरेमा राष्ट्रिय मर्यादासम्बन्धी कानुन बन्नेछ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया