दसैं बिदामा २० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

चितवन -दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।
उनीहरूले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको छ ।
उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ । दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जीप सफारी गरिएको उनले बताए । उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जीप सफारी गरिएको छ ।
दसैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट रु एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उनले बताए । उनले भने, “गत वर्षहरूको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।”

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया