सांसदहरू भन्छन् : राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ

काठमाडौँ- राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय मर्यादासम्बन्धी अन्योल रहेका कुरालाई 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९' ले अन्त्य गर्ने बताएका छन् ।
मंगलबार 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' माथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' ले विगतका अन्योलताहरूलाई चिर्ने प्रयास गरेको बताए । उनले २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रूपमा समितिको प्रतिवेदनसहित छलफलमा आउनु सकारात्मक भएको बताए ।
उनले भने, 'राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९' ले विगतका अन्योलताहरूलाई चिर्ने प्रयास गरेको छ । हामीले यी अघि भनेका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अब स्पष्ट हुनेछ । सधैं अब अन्योलतामा रहने छैनौँ । २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रूपमा समितिको प्रतिवेदनसहित छलफलमा उपस्थित भएका छौँ । नेकपा एमालेको तर्फबाट पनि यो विधेयकप्रति पूर्ण समर्थन छ ।’
राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले राष्ट्रिय सभामा उत्पन्न भएका राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको बताए ।
उनले भने, ‘राष्ट्रिय सभामा उत्पन्न भएको यो विधेयक राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको र भइसकेपछि अब नेपाल सरकारलाई पनि सहज हुने विश्वास छ ।’
छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ ले राष्ट्रिय सभाको पनि गरिमा बोकेको बताइन् । उनले तहगत संरचनामा कतिपय स्थानमा देखिएका अन्योलतालाई यसले समाधान गर्ने बताइन् ।
सदस्य गैरेले बाँकी रहेका समस्यालाई पुनः परिमार्जन गर्न सकिने बताइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया