प्रिमियर लिगः म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एएफसी बर्नमाउथको पोस्टमा गोलको वर्षा गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीले आफ्नै घरेलु मैदान इतिहाद स्टेडियममा बर्नमाउथमाथि ६-१ गोलअन्तरको जित निकालेको हो ।
सिटीको जितमा बर्नार्डो सिल्भाले २ गोल गर्दा जेरेमी डोकु, मानुएल अकान्जी, फिल फोडेन र नाथन आकेले एक-एक गोल गरे । बर्नमाउथका लागि लुइस सिनिस्टेराले एक गोल फर्काए ।
जितसँगै ११ खेलबाट सिटीले २७ अंक जोडेको छ । यता दोस्रो स्थानमा झरेको टोटेनहमले १० खेलबाट २६ अंक जोडेको छ ।
शनिबार राति नै भएको अन्य खेलमा तेस्रो स्थानको आर्सनलले छैटौँ स्थानको न्यूकासलसँग १-० को पराजय भोग्दा आठौँ स्थानको म्यानचेस्टर युनाइटेडले १४ औँ स्थानको फुलह्यामलाई १-० ले पराजित गर्यो ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया