इंग्लिस प्रिमियर लिगः तेस्रो स्थानको लिभरपुलले लुटोनसँग अंक खोस्यो

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत तेस्रो स्थानको लिभरपुलले १७ औँ स्थानको लुटोनसँग अंक बाँडेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले लुटोनसँग १-१ गोलको बराबरी खेलेको हो ।
८० औँ मिनेटमा ताहिथ चोङले गोल गर्दै लुटोनलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लुइस डियाजले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
बराबरीसँगै लिभरपुलले ११ खेलबाट २४ अंक जोडेको छ । यता लुटोनको भने ६ अंक छ ।
आइतबार राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले एस्टन भिल्लालाई २-० गोलअन्तरले पराजित गर्यो ।
जितसँगै ११ खेलबाट १३ अंक जोडेको नटिङ्घम फरेस्ट १२ औँ स्थानमा उक्लिएको छ । २२ अंक जोडेको एस्टन भिल्ला भने पाँचौँ स्थानमा छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया