मिडफिल्डर ओमप्रकाशले धनगढी एफसीबाट खेल्ने

काठमाडौँ- धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि कैलालीका युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्ध गरेको छ ।
‘गो ड्रिमर्स’को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले जनाएअनुसार मिडफिल्डर ओमप्रकाशसँग यस सिजनका लागि सम्झौता भएको हो ।
सुदूरपश्चिम-११ स्पोर्टस क्लबसँगै प्लानिङ ब्वाइजबाट खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दोस्रो संस्करणको नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंसिर ८ गतेबाट सुरु हुँदैछ ।
एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका मिडफिल्डर आशिष चौधरी रहेका छन् ।
त्यसैगरी, अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगलकिशोर राईंलाई निरन्तरता दिएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया