राजेश हमालको ‘मधु मस्ती’मा फ्यानको गुनासो, जनताको दुःखमा सधैँ ओभानो

काठमाडौँ - प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्ने नगर्ने व्यक्तिको व्यक्तिगत रुचिको विषय हो । तर यस्तो बेलामा बेपर्वाह देखिनु, कतै पनि राम्रो मानिन्न । तर अभिनेता राजेश हमाल यस्तो अवसरमा लगभग गयल नै हुन्छन् ।
भर्खरै पनि त्यस्तै भयो । रुकुम र जाजरबोटमा गएको भूकम्पले हजारौँ मानिस घरबार विहीन भएका छन् । सयभन्दा बढी मानिसको मृत्यु भएको छ । तर राजेश हमालले यो खबरबाट बेखबर वा लापरवाह देखिए । भूकम्प गएको भोलिपल्ट उनले देशमा केही नभएझैँ श्रीमती मधु भट्टराईसँगको तस्बिर पोस्ट गरे, शीर्षक थियो, ‘मधु मस्ती’ । तर राजेश हमालले जे गरे पनि टाउको चढाउने फ्यानलाई पनि यसपटकको मस्ती भने घत परेन । उनलाई ‘महानायक’ नभन्नेमाथि खनिने फ्यान पनि हमालको यो असंवेदनशिलताले कुँढिए । हमालको पोस्टमुनि असन्तुष्ट फ्यानको प्रतिक्रियाको चाङ लाग्यो ।
तर उनलाई नजिकबाट पछ्याउनेका लागि हमालको यो पोस्ट अनपेक्षित होइन । देशमा जेजति संकट परेका छन्, तिनमा देशको प्रभावशाली अभिनेताको रुपमा उनको भूमिका लगभग देखिन्न । अझ यस्तो बेला नेतृत्व लिएर अगाडि बढ्ने त परको कुरा ।२०७२ सालको भूकम्पको समयमा हमाल विदेशमा थिए । त्यसबेला उनको उपस्थितिमा केही कार्यक्रम भएर दाताले सहयोग घोषणा गरे । तर रामरमाइलोको समयमा गरिएको घोषणा पीडितसम्म जम्मै भएन । हमालले उठेको पैसा कतै हस्तान्तरण गरेको समाचार आएन । हमाल आफैँले सहयोग गरेको पनि देखिएको थिएन ।
सन् २०१९ देखि सुरु भएको कोभिडले सबैभन्दा धेरै थलिनेमा पर्यटन उद्योगपछि चलचित्र क्षेत्र थियो । लगभग दुई वर्ष फिल्मको काम ठप्प हुँदा प्राविधिकको बिचल्ली भएको समाचार आए । संघ संस्थाले हार गुहार गरेर सहयोग जुटाए । यही बेला राजेश हमालले पनि सहयोग बाँड्ने भनेर कार्यक्रम गरे । उनको हातबाट राहत पनि बाँडियो । तर यो राहतमा राजेश हमालले सुको पनि हालेनन् । पत्रकारले जब राजेश हमालले किन अलिकति पनि सहयोग नगरेको प्रश्न गरे ? हमालले जवाफ दिएनन् । प्रश्न सोध्ने पत्रकारलाई आँखा तरे ।
भन्नलाई त हमाल आफू कुलीन परिवारमा जन्मेर पनि दुःखी गरिबको भूमिका निर्वाह गर्नलाई ‘इम्प्याथी’को सहारा लिने गरेको जवाफ दिन्छन् । तर संकटमा मस्ती गरेको कुरा पोस्ट गर्ने हमालले कसरी दुःखी गरिबको ठाउँमा आफूलाई उभ्याउँछन् होला पत्याउन गाह्रो छ । कम्तिमा अहिलेसम्म त देखिएको छैन है !

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया