सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेइम्समाथि सानदार जित हासिल गरेको छ ।

गएराति भएको खेलमा पिएसजीले रेइम्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एमबाप्पेले खेलको तेस्रो, ५९औं र ८२ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

यो जितपछि पिएसजी फ्रेन्च लिग वानमा शिर्ष स्थानमा उक्लिएको छ । पिएसजीको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी रेइम्सको १२ खेलमा २० अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।