संक्रमितको उपचार गराइरहेका अस्पताललाई खर्च विवरण सार्वजनिक गर्न सरकारको निर्देशन

काठमाडौँ : सरकारले कोभिड-१९ संक्रमितको उपचार गराइरहेका निजी अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रलाई खर्च विवरण सार्वजनिक निर्देशन दिएको छ । संक्रमितको उपचार गराइरहेका सबै निजी अस्तपाल तथा स्वास्थ्य केन्द्रले सेवा शुल्क बापत लिएको खर्च अस्पतालको बोर्डबाट निर्णय सात दिनभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । आ-आफ्नो वेभसाइटमा खर्च विवरण राख्न अस्पताललाई निर्देशन दिएको हो ।
सबै जानकारी स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
'बिरामीले उपचार बापत लाग्ने रकम बारे जानकारी पाउनु नागरिकको अधिकार हो, बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको नैतिक कर्तव्य हो,' जारी विज्ञप्तिमा उल्लेख छ ।
कतिपय अस्पतालले बिरामीलाई चर्को शुल्क लिएको , अनावश्यक परीक्षण गराइ आर्थिक भार बढाएको र उपचारको लागि स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बिरामीको गुनासो मन्त्रीपरीषदको कार्यालय हेल्लो सरकार, मन्त्रालयमा र पत्रपत्रिकामा आएको गुनासोप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

प्रतिक्रिया