फुटबल विश्वकप छनोट : ३९ वर्षपछि युएईसँग भिड्दै नेपाल

काठमाडौँ- नेपालले २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ ।
दुबईको अल मकटोउम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति साढे ९ बजेदेखि शुरु हुने छ ।
नेपाल र युएईबीच अहिलेसम्म केवल एक खेल भएको छ । त्यो पनि सन् १९८४ मा भएको थियो । यी दुवै देशबीच ३९ वर्षपछि खेल हुन लागेको हो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।
यस खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले घाइते रहेका डिफेन्डर अनन्त तामाङ टीम बाहिर राखेर टोली घोषणा गरेका छन् ।
विश्वकप छनोटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।
नेपाली टिम:
गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल ।
डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ ।
मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।
फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया