स्लोभाकिया र हंगेरी युरोकपमा छनोट

काठमाडौँ- स्लोभाकिया र हंगेरी युरोकपमा छनोट भएको छ ।
गएराति सम्पन्न खेलमा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ गोल अन्तरले पराजित गरेसँगै समुह 'जे'बाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
स्लोभाकियाको ९ खेलमा १९ अंक भएको छ र समुह 'जे' मा दोस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी हुँदै यस समुहबाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनोट भएका छन् ।
त्यसैगरी हंगेरीले गएराति बुल्गोरियासँग २-२ गोलको बराबरी खेलेसँगै युरोकपमा छनोट भएको छ । समुह 'जी' मा रहेको हंगेरीको ७ खेलमा १५ अंक रहेको छ र समुहमा शीर्ष स्थानमा रहेको छ ।
२०२४ को जुन १४ देखि १४ जुलाईसम्म हुने युरोकपका लागि अहिलेसम्म आयोजक जर्मनीसहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड, टर्की, अस्ट्रिया, ईङल्याण्ड, हंगेरी र स्लोभाकिया छनोट भएका छन् । युरोकपमा २४ देशको सहभागिता रहन्छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया