सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

पोर्चुगल युरोकप छनोट

काठमाडौँ- युरोकप २०२४ छनोट अन्तर्गत पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ ।

गएराति सम्पन्न समुह जे को छनोटको अन्तिम खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक एक गोल गरेका थिए ।

योसँगै पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ । १० खेलमा ३० अंकसहित समुहमा पहिलो हुदै पोर्चुगल युरोकपका लागि छनौट भएको छ । यस समुहबाट स्लोभाकिया दोस्रो हुदै युरोकपमा छनौट भएको छ ।

त्यस्तै आइसल्याण्ड भने १० खेलमा १० अंकसहित समुहमा चौथो भएको छ ।