काँडाहरू

यसरी चिन्छन् काँडाहरू मलाई
फूल सम्झिन्छन् काँडाहरू मलाई
बगैंचामा जान मिल्दैन मैले
काँडा सुम्पिन्छन् काँडाहरू मलाई
नदी र किनारको सम्बन्ध जस्तो
बाटोमा पर्खिन्छन् काँडाहरू मलाई
बजार लगाउने तयारी हुँदै छ
सायद बेचिदिन्छन् काँडाहरू मलाई
म भने डरले काँपी रहन्छु
हेरेर जिस्किन्छन् काँडाहरू मलाई
बिर्सी दिऊँ भन्छु काँडाका कुरा
फेरि सम्झिन्छन् काँडाहरू मलाई
छाडि दिएँ मैले मेरो बाटो
अब उछिन्छन् काँडाहरू मलाई
मेचीनगर- २ झापा
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया