विधेयकहरूलाई संसद्को आगामी अधिवेशनमा लैजाने गरी तयारी गर्न सभामुखकाे निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिमा रहेका विधेयकहरूलाई संसदको आगामी अधिवेशनमा लैजाने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा विषयगत समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरेले विधेयकको कामलाई प्राथमिकता दिएर संसदको आगामी अधिवेशनमा लैजाने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।
उनले समितिमा कोरम नपुगेर स्थगित हुने समस्यालाई समाधान गर्न पनि निर्देशन दिए । समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन हटाउन, समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अवगत हुन पनि उनले सुझाव दिए ।
सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
छलफलपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिको निर्देशन कार्यान्वयनको अवस्था, समितिको कार्यक्षेत्रलगायतका विषयमा छलफल भएको जानकारी दिए । सरकारसँगको समन्वयमा अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा पनि छलफल भएको उनको भनाइ छ ।
बैठकमा समिति सभापतिले सम्बन्धित समितिमा भएका बैठक, निर्देशन, उपलब्धि र अन्य कार्यसम्पादनसम्बन्धी विषयमा जानकारी गराएका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया