महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

ललितपुर- उपसभामुख इन्दिरा रानाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।
सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिला-महिलाहरूको बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरूलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताइन् ।
रानाले महिला सांसदहरू धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरूलाई होच्याउने काम भएको बताइन् । उनले महिलाहरूलाई राजनीतिको निर्णायक ठाउँमा पुर्याउनुपर्ने पनि बताइन् ।
उपसभामुख रानाले महिलाहरूलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । बालिकाहरूले बीचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उनले यसप्रति पनि ध्यान पुर्याउनुपर्ने बताइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया