सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

यूरोपा लिगः समूह विजेता बन्दै लिभरपुल अन्तिम १६ मा

काठमाडौँ- इंग्लिस क्लब लिभरपुल समूह विजेता बन्दै यूरोपा लिगको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह 'ई' अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अस्ट्रियन क्लब लास्कलाई ४-० गोलअन्तरले पराजित गर्दै लिभरपुल समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा कोडी गाक्पोले २ तथा लुइस डियाज र मोहम्मद सलाहले एक-एक गोल गरे ।

लिभरपुलले ५ खेलबाट १२ अंक जोडेको छ ।