तोकिएको राजस्व लक्ष्य पु-याउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उल्लेख भएको राजस्व लक्ष्य पु-याउन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैँया राजस्व संकलनको लक्ष्य राखेको छ । यसमध्ये संघीय सरकारको राजस्व लक्ष्य ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैँया रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) मा सरकारले लक्ष्यको हाराहारीमै राजस्व संकलन गरेको छ । १ खर्ब ९७ अर्ब ३४ करोड रुपैयाँको राजस्व लक्ष्यमध्ये १९४ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कर राजस्वतर्फ भने पहिलो त्रैमासिकबाटै राजस्वको लक्ष्य र असुलीमा खाडल देखिन थालिसकेको छ ।सरकारले यो अवधिमा १८१ अर्ब ४५ करोड रुपैयाँ कर राजस्वको लक्ष्य राखेकामा १६३ अर्ब ४२ करोड रुपैयाँ कर राजस्व संकलन भएको छ । गैरकर तथा संस्थान र प्राधिकरणको कोषमा रहेको पैसा तानेर सरकारले लक्षित राजस्व संकलन पु¥याउन प्रयास गरिरहेको छ । राजस्व संकलन लक्ष्य अनुसार नभएपछि अर्थमन्त्रीले अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्न निर्देशन दिएका हुन् ।
डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए । ‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छ’, अर्थमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरेका थिए ।
छलफलमा राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न आग्रह गरे । उनले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्न प्रतिवद्ध रहेको बताए ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया