संघीय संसद्लाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।
बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद्ले माग गरे बमाेजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले संघीय संसद्ले बजेट पास गर्ने भए पनि संसद्मै बजेट कम भएर आवश्यक कार्यक्रमहरू गर्न नसकिएको भन्दै आवश्यक बजेट दिनुपर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन आग्रह गरे ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसद्ले अस्वाभाविक रूपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसद्को अधिवेशन र समितिहरू चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया