धनुषामा बालिकाको हत्या
महेन्द्रनगर (धनुषा)- धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या गरिएको हो ।
बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गएराति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवाले जानकारी दिए । बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उनले बताए ।
बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको प्रवक्ता अवालेले बताए ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया