एकदिवसीय सिरिज : बंगलादेशविरुद्ध न्यूजिल्यान्डको जित

काठमाडौँ- पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा न्यूजिल्यान्ड विजयी भएको छ ।
डुनेडिनमा आइतबार भएको पहिलो खेलमा घरेलु टोली न्यूजिल्यान्डले बंगलादेशलाई डिएलएस मेथडअनुसार ४४ रनले पराजित गरेको हो । यससँगै न्यूजिल्यान्डले सिरिजमा १-० को अग्रता लिएको छ ।
वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा डिएलएस मेथडअनुसार २ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै २ सय रनमात्र बनाउन सक्यो ।
बंगलादेशका लागि अनामुल हकले सर्वाधिक ४३ रन तथा अफिफ हुसेनले ३८ रन बनाए । न्यूजिल्यान्डका लागि एडम मिल्ने, इश सोधी र जोश क्लार्सनले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ३० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३९ रन बनायो । न्यूजिल्यान्डका लागि विल योँगले ८४ बलमा सर्वाधिक १ सय ५ रनको योगदान गर्दा १४ चौका र ४ छक्का हिर्काए । कप्तान टम लाथमले ९२ रन जोडे ।
बंगलादेशका शोरिफुल इस्लामले सर्वाधिक २ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया